काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओमा ९.५५ गुणा बढी आवेदन परेको छ । आईपीओ निष्काशनको तेस्रो दिन मंगलबार साँझ ५ बजेर ६ मिनेटसम्ममा ९.५५ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
सिडिएस एण्ड क्लियरिङका अनुसार सो अवधिसम्ममा १३ लाख ५३ हजार ४२६ जना आवेदकले १ करोड ७६ लाख २९ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् । जबकी कम्पनीले जम्मा १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको थियो, जसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















