स्पेनिस ला लिगाको अंक तालिकामा बार्सिलोना र रियल मड्रिडबीच कडा टक्कर देखिएको छ । समान २५/२५ खेल खेलेका दुई टोलीले समान ५४/५४ अंक प्राप्त गरेका छन् ।
गए राति भएको खेलमा जिरोनालाई २-० ले पराजित गरेसँगै रियल मड्रिडले बार्सिलोनासँग अंक बराबरी गरेको हो । यद्यपि, शीर्ष स्थानमा बार्सिलोना छ भने रियल मड्रिड दोस्रो स्थानमा छन् ।
गए राति भएको खेलमा रियल मड्रिडका लागि लुका मोड्रिकले ४१औँ तथा भिनिसियस जुनियरले ८३औँ मिनेटमा गोल गरे । जिरोनाको तर्फबाट कुनै गोल हुन नसकेपछि रियल मड्रिड २-० ले विजयी भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















