स्पेनिस ला लिगामा रियल सोसिडाडले लेगान्सविरुद्ध फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा रियल सोसिडाड ३-० ले विजयी भएको हो ।
रियल सोसिडाडको जितमा एरसन जाखार्यानले १२औँ, टकेफुसा कुबोले ४८औँ र जोन एन्डर ओलासागास्तीले ८०औँ मिनेटमा गोल गरे । लेगान्सको तर्फबाट कुनै गोल हुन नसकेपछि रियल सोसिडाड ३-० ले विजयी भएको हो ।
त्यस्तै अर्को खेलमा रियल बेटिसले गेटाफेलाई २-१ गोल अन्तरले पराजित गर्दा एथ्लेटिक क्लबले भालाडोलिडविरुद्ध ७-१ गोलअन्तरको फराकिलो जित निकालेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















