images
images
  • इङ्लिस प्रिमियर लिगः नोटम फरेस्टविरुद्ध न्युकासल विजयी

    इङ्लिस प्रिमियर लिगमा न्युकासलले नोटम फरेस्टलाई पराजित गरेको छ । गए राति भएको खेलमा न्युकासल नोटम फरेस्टविरुद्ध ४-३ गोलअन्तरले विजयी भयो ।

    न्युकासलको जितमा लेविस मिलेइले २३औँ, जाकोब मुर्फीले २५औँ तथा एलेक्जेन्डरले इसकले ३३औँ र ३४औँ मिनेटमा गोल गरेका थिए । उता नोटम फरेस्टका लागि हड्सन ओडोइले छैटौँ, निकोला मिलेनकोभिकले ६३औँ तथा रियान यट्सले ९०औँ मिनेटमा गोल गरे ।

    यो जितसँगै अंक तालिकाको पाँचौँ स्थानमा रहेको न्युकासलले २६ खेलबाट ४४ अंक बटुलेको छ । उता अंक तालिकाको तेस्रो स्थानमा रहेको नोटम फरेस्टको २६ खेलबाट ४७ अंक छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images