images
images
  • ५९.९९ लाखमा टाटाको नयाँ विद्युतीय गाडी, चालकले ध्यान नदिएको पहिचान गर्ने प्रणाली जडान

    काठमाडौं । टाटा मोटरको नेपालका लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ एययूभी कर्भ ईभी कार सार्वजनिक भएको छ । नेपालमा कर्भको टप भेरियन्टको विद्युतीय गाडी उपलब्ध हुने जनाएको छ ।

    टाटाले ल्याएको यो नयाँ विद्युतीय गाडी डिजाइन, प्रविधि लगायतका कारणले कर्भ ईभीले नेपाली गाडी बजारमा लोकप्रिय बन्ने कम्पनीको  दावी छ । भारतमा कर्भ ईभीको पाँच भेरियन्ट उपलब्ध छ । सिप्रदीका अनुसार नेपालमा टप भेरियन्टको कर्भको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ राखेको आज पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो दुई(रङको इन्टेरियरमा रहेको छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन रहेको छ । हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर समेत रहेको कम्पनीले जनाएको छ ।

    null

    एलईडी लाइटिङ, टच(बेस्ड क्लाइमेट कन्ट्रोल,प्यानोरामिक सनरूफ रहेकाले सुरक्षामा समेत ध्यान दिएको छ । ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम, हिल स्टार्ट र डिसेन्ट असिस्ट जाडान छ । त्यस्तै, चालकले ध्यान नदिएको पहिचान गर्ने प्रणाली र ब्लाइन्ट स्पट मोनिटरलगायतका सुविधाहरु छन् ।

    अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्नेछ ।

    ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ । टर्क २१५ एनएम छ ।

    ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्जसम्म दिने कम्पनीको दावी छ । मोटर पावर १२३ किलोवाट। ग्राउण्ड क्लियरेन्स १८६ एमएम रहेको छ । यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images