images
images
  • दुबईमा भारत र पाकिस्तान भिडन्त

    काठमाडौं : आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदैछ।

    दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न पौने ३ बजेदेखि शुरु हुने छ।

    समुह ए मा रहेका भारत र पाकिस्तान पछिल्लो पटक गत जुनमा सम्पन्न टी–२० विश्वकपमा खेलेका थिए। पछिल्ला वर्षहरुमा आइसीसी प्रतियोगिता बाहेकका खेल नखेलेका भारत र पाकिस्तानबीचको क्रिकेट खेल बहुप्रतिक्षित हुने गदर्छ।

    प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ भने पाकिस्तान घरेलु मैदानमा न्यूजील्याण्डसँग हार बेहोरेर दबाबमा रहेको छ।

    यो खेल जितेमा भारत सेमिफाइनलमा पुग्ने हुनाले पनि उसका लागि महत्वपूर्ण खेल रहेको छ भने डिफेन्डिङ च्याम्पियन रहेको पाकिस्तानले हार बेहोरेमा प्रतियोगिताबाट नै बाहिरिने भएकाले जित्नैपर्ने दबाबका बीच खेल्दै छ।

    यस अघि २०१७ मा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो।

    पछिल्लो सिरिजहरुमा भारत र पाकिस्तानले एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। भारतले घरेलु मैदानमा इङल्याण्डविरुद्ध खेलेको सिरिज क्लीन स्वीप गरेको थियो भने पाकिस्तानले अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्धका सिरिज जितेपछि घरेलु मैदानमा खेलेको त्रिकोणात्मक सिरिजको फाइनलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images