images
images
  • नेशनल लघुवित्तको ५२ हजार २४९ कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक कुल ५२ हजार २४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीका ८ जना संस्थापक शेयरधनी आफ्नो शेयर विक्रीमा राखेका हुन ।

    संस्थापक शेयरधनीहरु बलभद्र अधिकारी, गोमादेवी चुडाल, लक्ष्मीप्रसाद सिटौला, रुपमाया गुरुङ, लक्ष्मण पाण्डे, डिकबहादुर पाण्डे, गणेशमान मुखिया र वेदबहादुर थापाले आफ्नो शेयर विक्री गर्न लागेका हुन् ।

    लघुवित्तकै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । उक्त शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

    तोकिएको समयभित्र उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीबाट पर्याप्त निवेदन नपरेमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गरिने लघुवित्तले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images