images
images
  • क्लब हाउसमा प्रहरीको लोगो र पोशाक दुरूपयोग गरेको आरोपमा एक जना पक्राउ


    काठमाडौं । सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगो, पोशाक, प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीको साइबर ब्यूरोका अनुसार भक्तपुरस्थित चाँगुनारायण नगरपालिका-६ खरिबोटका २० वर्षीय ईसान लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका लामिछानेलाई थप अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद पथ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images