images
images
  • फक्सवागनको सबैभन्दा सस्तो इलेक्ट्रिक कार आईडी वानको टिजर पहिलोपटक सार्बजनिक

    काठमान्डौँ – फक्सवागनले आफ्नो सैभन्दा सस्तो इलेक्ट्रिक कार आईडी वानको टिजर पहिलोपटक सार्बजनिक गरेको छ ।

    सन् २०२७ देखी बिक्री सुरु गर्ने तयारी गरिएको सो नयाँ ईभीलाई कम्पनीले २० हजार यूरोमै उपलब्ध गराउने योजना बनाएको छ । सो नयाँ कारको कन्सेप्ट भर्सन यसै वर्षको मार्चमा डेब्यू गर्ने फक्सवागनको तयारी छ ।

    फक्सवागनको सबैभन्दा सस्तो कार आईडी वानको नामले आउने चर्चा चलेपनि यसको आधिकारिक नाम भने अझै पुष्टि भैसकेको छैन ।

    यद्यपी टिजर छविले यसलाई आईडी वान नाम दिन सकिने संकेत गरेको छ । यो २०२६ मा बिक्रीमा जाने आईडी टु भन्दा सानो र सस्तो हुनेछ ।

    टिजरमा सो नयाँ कारको हेडलाइटलाई कालो ग्रिलसँग एकीकृत गरिएको देख्न सकिन्छ । यसैगरी, भीडब्लू लोगो ग्रिलको बीचमा राखिएको छ भने अगाडिको बम्परमा स्लिम डीआरएलहरू देखिन्छन् । टिजरमा इन्फोटेनमेन्ट स्क्रिनको पछाडि भाग समेत देखाइएको छ ।

    एमईबी प्लेटफर्ममा निर्माण गरिने सो नयाँ ईभीमा सिंगल इलेक्ट्रिक मोटरको साथ सानो ब्याट्री प्याक उपलब्ध हुने अनुमान गरिएको छ । आईडी वान ५ ढोकाको ह्याचब्याक हुन सक्ने र यसले क्रसओभर डिजाइन समेत प्राप्त गर्नसक्ने आँकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images