images
images
  • गोविन्द आचार्यले पाए प्रचण्डको सचिवालय प्रमुखकाे जिम्मा

    काठमाडौं-पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा गोविन्द आचार्यलाई जिम्मेवारी तोकिएको छ । उनले सचिवालयका सबै कामकारबाही हेर्नेगरी जिम्मेवारी पाएका हुन् ।

    पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको हाे। सचिवालयमा बसेर काम गर्दै आएका रमेश मल्लाई भने विशेष प्रदेशको सह–ईन्चार्जको जिम्मेवारी दिइएको छ ।

    आचार्य यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको भूमिकामा थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images