images
images
  • चितवनको सहकारी ठगीम रवि लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

    चितवन – साहारा चितवन बहुद्देश्यीय सहकारीको बचत ठगीमा सभापति रवि लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगमा आज मुद्दा दर्ता हुँदैछ ।

    सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेका कारणले केही ढिला गरी मुद्दा दर्ता गर्ने तयारी छ ।

    चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यतथ्यांक नमिलेको भन्दैं पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न भनेर फाइल प्रहरीको फर्काएपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा एक साता अगाडिमात्रै फाइल पठाएको थियो ।

    प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

    रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयका एक कर्मचारीले बताए ।

    विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ ।

    प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images