images
images
  • ट्याक्टर सडकबाट खस्यो, च्यापिएर १८ वर्षे सह–चालकको मृत्यु

    काठमाडौं । बागलुङमा आज ९मंगलबार० बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । बाग्लुङ नगरपालिका–३ रात्माटामा ध १ च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बाग्लुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा ज्यान गएको हो ।

    आज बिहान ६ बजे ट्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उदृत गर्दै प्रहरीले बताएको छ । ट्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरी अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा ज्यान गएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

    चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको नाम ठेगाना खुलाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images