images
images
  • ब्याट्रीको क्षमता बढाएर टाटा नेक्सन नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता ?

    काठमाडौं-टाटा नेक्सन ईभीको नयाँ भर्सन नेक्सन केथ्री डट ईभी नेपालमा सार्वजनिक भएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आइतबार एक कार्यक्रमबीच नेक्सन केथ्री नेपालमा सार्वजनिक घोषणा गरेको हो।

    पूर्णतः नयाँ डिजाइन र ठूलो ब्याट्री प्याकमा आएको नेक्सन केथ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। मूल्य सार्वजनिक गरेसँगै सिप्रदीले आइतबारबाटै नेक्सन केथ्रीको बुकिङसमेत खुला गरेको छ। प्यानारोमिक सनरुफदेखि ३६० डिग्री क्यामरासम्मका विशेषता उपलब्ध रहेको नयाँ नेक्सन केथ्री निकै आकर्षक डिजाइनमा आएको छ। नेक्सन केथ्रीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।

    नेक्सन केथ्रीमा ९८ किलोवाट पिकपावरको मोटर रहेको छ भने यसको अधिकतम पावर १ सय ४८ बीएचपी छ। त्यस्तै यसले २ सय १५ एनएम टर्क जेनेरेट गर्छ। लिथियम आयन ब्याट्री भएको नेक्सन केथ्री ७.२ किलोवाटको एसी चार्जरले साढे ६ घण्टामा १० देखि १ सय प्रतिशत र ६० किलोवाटको डीसीले १० देखि १ सय प्रतिशत चार्ज हुन ४० मिनेट लाग्ने कम्पनीले जनाएको छ।

    नेक्सन केथ्रीमा ४ लेवलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम रहेको छ। यो विद्युतीय एसयूभीले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ८.९ सेकेन्टमा तय गर्नसक्छ। एआरएआई सर्टिफाइड रेन्ज ४ सय ८० किलोमिटर रहे पनि रियल वल्र्डमा नेक्सन केथ्री ईएलआरले ३ सय ५० किलोमिटरभन्दा बढी रेन्ज दिने अनुमान गरिएको छ। सिप्रदीले यसलाई काठमाडौं उपत्यका, तराईको समथर सडक र पहाडी चढाइमा परीक्षण गरिरहेको छ।

    ३ सय ५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्रीको ग्राउन्ड क्लियरेन्स १ सय ९० एमएम रहेको छ। त्यस्तै यो विद्युतीय एसयूभीको ह्वीलबेस २४ सय ९८ एमएम रहेको छ। सुरक्षामा नेक्सन केथ्री पनि अब्बल सावित भएको छ। भारत एनसीएपीमा नेक्सन केथ्रीले फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ। नेक्सन केथ्रीको मूल्य सार्वजनिक गरेर बुकिङ खुलाएको सिप्रदीले केही दिनबाटै उक्त विद्युतीय एसयूभीको औपचारिक बिक्री सुरु गर्ने जनाएको छ।

    ३० किलोवाट आवर ब्याट्रीबाट आफ्नो उत्पादन बजारमा ल्याएको नेक्सनले ४५ किलोवाट आवर क्षमतामा पुर्‍याएको छ। सुरुमा सार्वजनिक गरिएको गाडीले २४० देखि २६० किमिसम्म रेन्ज दिने गरेकोमा अहिले कम्तीमा ३२५ दिने सिप्रदीले जनाएको छ।

    नेपाली बजारमा ठूलो ब्याट्री रेन्जका गाडी भित्रिएसँगै कम्पनीले प्रतिस्पर्धा गर्नका लागि ब्याट्रीको क्षमता र नयाँ फिचर्स थपेर नेपालमा ल्याएको छ। सिप्रदी ट्रेडिङले आइतबारबाट गाडीको बुकिङ खुल्ला गरेको छ। ९८ किलोवाट मोटर ब्याट्री भएको गाडीमा ४५ किलोवाट आवरको ब्याट्री रहेको छ।

    २०७८ साउनमा पहिलो पटक काठमाडौंमा सार्वजनिक गरिएको थियो। नेपाली सडकमा सबैभन्दा बढी कुन्दे एसयूभीमा नेक्सन ईभी पर्छ। नयाँ ल्याइएको गाडीमा ३ वटा ड्राइभिङ मोडहरु छन्। हाल ४८ लाख ९९ हजारमा बुकिङ गरिरहेको गाडी फेब्रुअरी अन्तिमबाट डेलिभरी दिने कम्पनीको तयारी छ।

    नयाँ नेक्सन ठूलो पानारोमिक सनरुफ, आधुनिक ड्यासबोर्ड, ३६० डिग्री क्यामेरासहित नेपालमा सार्वजनिक भएको छ। गाडीमा ४ तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम राखिएको छ। गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ। बुट स्पेर ३५० लिटर छ। भारत एनक्याप सुरक्षा रेटिङमा ५ स्टार पाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images