काठमाडौं : कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा कुहिरो लाग्ने छ। कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।
आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्























