images
images
  • बाइकमा क्लचको झन्झटबाट छुटकारा, होन्डाले ल्याउँदै छ अटोमेटिक ई-क्लचयुक्त बाइक

    काठमान्डौँ- बाइक चलाउँदा बारम्बार गियर परिवर्तन गर्नुपर्ने हुन्छ

    बाइकको स्पिड कम वा बढाउनु परेमा बाइकको क्लच थिचेर गियर परिवर्तन गर्नुपर्ने हुन्छ ।

    तर अब यस्तो झन्झटबाट मुक्ति पाइने भएको छ ।

    होन्डाले यस्तो बाइक बनाएको छ जसमा बाइक स्टार्ट गर्दा, गियर परिवर्तन गर्दा वा ब्रेक लगाउदा क्लच लिभर थिच्नु पर्दैन । गत वर्ष होन्डाले आफ्नो इलेक्ट्रिक क्लच सिस्टम पेश गरेको थियो ।

    सुरुमा यसलाई सीबीआर ६५० आर र सीबी६५० मोडलमा पेश गरिएको थियो । ई-क्लच प्रविधिले बाइक चलाउने अनुभवलाई सुधार गर्नेछ।

    सुरुमा होन्डा रिबेल २५० को साथमा ई-क्लच विकल्प जापानी बजारमा मात्र उपलब्ध हुनेछ। ई-क्लचलाई बजारमा पहिलेदेखि नै परम्परागत क्लच भएका मोडललाई परिमार्जन गरी स्थापना गर्न सकिन्छ । ई-क्लचलाई स्थापना गर्दा बाइकमा ठुला परिवर्तन गर्नु आवश्यक पर्दैन ।

    होन्डाले आफ्नो बाइकमा ई-क्लच स्थापना पछि बाइक स्टार्ट गर्न, रोक्दा वा गियर परिवर्तन गर्दा क्लच थिच्नु पर्दैन । इलेक्ट्रोनिक कन्ट्रोल प्रयोग गरेर अटोमेटिक तरिकाबाट क्लचलाई जोड्न वा हटाउन सकिन्छ ।

    ई-क्लच स्थापना पछि बाइकको मूल्य केही महँगो हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images