काठमाडौं – नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले नयाँ मोटरसाइकल क्रसफायर आरएमजेड२५० को प्रि–बुकिङ औपचारिक रुपमा खुलाएको छ ।
नेपाली बजारमा पहिले उपलब्ध आरएम २५० को अपग्रेडेड भर्सनको रुपमा आरएमजेड२५० उपलब्ध भएको हो । थ्रिल चाहने र एड्भेन्चर रुचाउने राइडरहरुको चाहना पुरा गर्ने उद्देश्यका साथ ल्याइएको सो मोटरसाइकलले नेपालको जुनसुकै भूगोलमा पनि अतुलनीय पावर, प्रिसिजन र परफर्मेन्स प्रदान गर्ने कम्पनीको दावी छ ।
यो भन्दा पहिले नेपालको एड्भेन्चर मोटरसाइकल बजारमा एउटा सर्बाधिक आइकोनिक मोडलको पहिचान कायम गरेको आरएम २५० लाई अझै परिस्कृत गरेर ल्याइएको नयाँ मोटरसाइकल आरएमजेड२५० ले मोटरसाइकलको परफर्मेन्स र रिलायबिलिटीलाई नेक्स्ट–लेभलमा पुर्याउने दावी गरिएको छ ।
हाल सो बाइकको मूल्य ८ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । यसका साथमा प्रि–बुकिङ बेनिफिटको रुपमा ग्राहकले फ्रि प्रिमियम डर्ट हेल्मेट, एक्स्क्लुसिभ राइडिङ ज्याकेट, फ्रि इन्ट्री फर अ मल्टी–डे एड्भेन्चर राइड लगायतका अफर प्राप्त गर्नेछन् ।
थप जानकारी लिन र प्रि–बुकिङ लगायतका सुविधाका लागि नजिकको क्रसफायर शोरुम भ्रमण गर्न वा क्रसफायर नेपालका सामाजिक सञ्जाल अवलोकन गर्न समेत क्रसफायर नेपालले अनुरोध गरेको छ ।


विश्व खबर 




















