images
images
  • दूधमा जाइफल मिसाएर खाँदा हुन्छन् धेरै फाइदा

    काठमाडौं- जाइफल त हामी सबैलाई थाहा छ । जाइफल एक प्रकारको महत्वपुर्ण जडीबुटी पनि हो ।

    नेपाली भान्सामा धेरै खालका मसला र जडीबुटीहरू प्रयोग हुन्छन् । यसमा जाइफल एक मसला हो ।गुणकै कारण आयुर्वेदमा जाइफललाई ठूलो महत्त्व दिइएको छ ।

    जाइफललाई दूधसँग खाँदा अमृत सरह स्वास्थ्य लाभ मिल्छ ।जाइफलमा पाईने पौष्टिक तत्त्वले धेरै रोगबाट छुटकारा दिनुका साथै शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ ।

    यस्ता छन् जाइफल मिसाएर दूध पिउनुका फाइदाहरू :

    अनिद्रामा उपयोगी

    जाइफलमा स्नायु प्रणालीलाई शान्त पार्ने प्राकृतिक गुण रहेको हुन्छ । राति सुत्नुअघि एक गिलास तातो दूधमा एक चिम्टी जाइफल मिसाएर पिउने हो भने यसले शरीरलाई आराम दिन्छ र राम्रो निद्रा निदाउन मद्दत गर्छ । यो घरेलु उपाय निद्राको कमीबाट पीडित व्यक्तिहरूको लागि धेरै लाभदायक साबित हुन सक्छ ।

    पाचन सुधार

    यसको सेवनले अपच, ग्यास र पेट दुख्ने लगायत पेटसम्बन्धी समस्याबाट मुक्ति मिल्छ । दूधमा जाइफल मिसाएर पिउनाले पाचन प्रणाली राम्रो हुन्छ र कब्जियतको समस्याबाट पनि राहत मिल्छ ।

    चिसो लागेको र खोकीबाट राहत

    जाइफलमा एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले श्वासप्रश्वास प्रणालीलाई सफा राख्न र खोकी लागेकाहरूलाई मद्दत गर्छ । यसले कफ कम गर्न र घाँटीको दुखाइबाट पनि राहत दिन्छ ।

    तनाव र चिन्ता घटाउँछ

    जाइफलमा माइरिस्टिसिन नामक तत्त्व हुन्छ, जसले मानसिक स्वास्थ्य सुधार्न मद्दत गर्छ । यसलाई दूधसँग मिसाएर सेवन गर्नाले तनाव र चिन्ता कम हुन्छ । यसले स्नायु प्रणालीलाई शान्त पार्छ र मुड पनि सुधार्छ ।

    रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

    जाइफल मिसाएको दूध पिउनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई हानिकारक फ्री रेडिकलबाट बचाउँछ र सङ्क्रमणसँग लड्ने क्षमतालाई मजबुत बनाउँछ ।

    टाउको दुखाइ र माइग्रेनमा लाभदायक

    तपाईँलाई टाउको दुख्ने वा माइग्रेनको समस्या छ भने जाइफल हालेको दूधले राहत दिन्छ । जाइफलमा पाइने सक्रिय तत्त्वहरूले दुखाइ कम गर्न र मांसपेशीहरूलाई आराम दिन मद्दत गर्दछ ।

    छालाको लागि पनि लाभदायक

    यसमा एन्टी–ब्याक्टेरियल गुण हुन्छ, जसले छालासँग सम्बन्धित समस्याहरू हटाउन मद्दत गर्दछ । दूधमा जाइफल मिसाएर नियमित सेवन गर्नाले छालालाई चम्किलो र स्वस्थ बनाउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images