images
images
  • मधेशवादी दलले एकता र सहकार्यका लागि बनाए कार्यदल

    काठमाडौँ : मधेशवादी राजनीतिक दलहरूले एकता र सहकार्यका लागि कार्यदल गठन गरेका छन्।

    मधेशवादी आठ राजनीतिक दलहरूको बिहीवार सिंहदरबारमा बसेको बैठकले सहकार्य र एकताको वातावरण बनाउन कार्यदल गठन गर्ने निर्णय गरिएको जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

    उनका अनुसार कार्यदलमा लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण, जनमत पार्टीबाट शरद सिंह यादव, जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव, तराई मधेश लोकतान्त्रिक पार्टीबाट श्रीबज्र किशोर सिंह रहेका छन्।

    उनले कार्यदलका लागि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्तिबाट नाम आउन बाँकी रहेको बताए। उनले अगामि दिनमा संविधान संशोधनलगायतका राष्ट्रिय मुद्दाहरूमा समान धारणा बनाउनका लागि सहकार्य गर्न कार्यदल गठन गरिएको बताए।

    त्यस्तै बैठकले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशको विरोध गर्ने निर्णय समेत गरेको उनले बताए।

    उनले सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर मधेशी, जनजाती र आदिवासी समुदायदायलाई विस्थापित गर्न खोजेको आरोप समेत लगाए। उनले वर्तमान सरकारले एकतन्त्रीय प्रणाली अपनाएको उल्लेख गर्दै त्यसप्रति मधेशवादी दलहरू सकारात्मक हुन नसक्ने बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images