images
images
  • ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा

    काठमाडौँ – ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा हुने भएको छ ।

    काठमाडौँ मोडेल कलेज (केएमसी) ले आयोजना गरेको आठौँ वार्षिकोत्सव समारोहमा आगामी फागुन १७ मा अवार्ड कार्यक्रम हुने जानकारी दिइएको हो ।

    शैक्षिक क्षेत्रमा आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पु-याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको छ ।

    फेयर मिडियाले अवार्डका लागि शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थालाई नाम दर्ता गर्न आव्हान गरिएको छ ।

    मिडियाका प्रवन्ध निर्देशक राजेन्द्र लुइँटेलले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न मुलुकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति र संस्थालाई अवार्ड प्रदान गरिने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images