images
images
  • भरतपुर अस्पतालमा अब बिरामीले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गर्ने व्यवस्था

    काठमाडौं – अब भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले क्यूआर कोड प्रयोग गरेर आफैले स्वास्थ्य रिपोर्ट हेर्न सक्ने भएका छन् । अस्पतालले आजदेखि यो नयाँ सुविधा लागू गरेको हो ।

    यसअन्तर्गत बिरामीलाई विभिन्न स्वास्थ्य जाँचको समय, नमुना सङ्कलन गर्दा क्यूआर कोड उपलब्ध गराइने छ । रिपोर्ट प्राप्त गर्न ल्याब रिड भेन्डिङ मेसिन प्रयोग गरिएको अस्पतालका इन्जिनियर चन्द्रमणि बस्यालले जानकारी दिए ।

    रिपोर्ट आउने समय भएपछि आफैले मेसिनमा क्यूआर कोर्ड इन्सर्ट गरेर रिपोर्ट प्रिन्ट गर्न सकिने उनले बताए । एक मिनेटमा तीन ओटासम्म रिपोर्ट प्रिन्ट गर्न सकिनेछ ।

    त्यस्तै, स्मार्टफोन प्रयोगकर्ताले क्यामरामा स्क्यानरको माध्यमबाटै पीडीएफ फर्म्याटमा रिपोर्ट डाउनलोड गर्न सक्नेछन् । क्यूआर कोडमार्फत रिपोर्ट लिने सुविधाले ल्याब रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने अपेक्षा गरिएको बस्यालले बताए ।

    भरतपुर अस्पतालमा सात लाख रुपैयाँको लागतमा उक्त मेसिन जडान गरिएको छ । यस अस्पतालमा दैनिक २,००० भन्दा बढीले ओपीडी सेवा लिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images