काठमाडौं- जेरो एमिसन राइड एनले आजदेखी भृकुटीमण्डपमा आयोजना हुने आँठौ चेम्वर एक्सपोमा सहभागी हुँदै विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत,लुयान र इकुटर ब्रान्डका कुनै पनि इलेक्ट्रिक स्कूटर खरिद गर्ने ग्राहकले २० हजार नगद छुट पाउनेछन् । यो अफर केवल नगद खरिद गर्ने ग्राहकका लागि लागू हुने जनाइएको छ ।
नगदमा खरिद गर्न नसक्ने ग्राहकहरूका लागि सहज फाइनान्स सुविधा उपलब्ध हुनेछ भने एक्सचेन्ज अफर समेत प्रदान गरिने कम्पनी भनाई छ ।
नेपालको सबैभन्दा ठूलो सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सहित २ हजार भन्दा बढी ग्राहकहरूलाई सेवा दिइसकेको यस कम्पनीले अब अझ व्यापक रूपमा ग्राहकलाई उत्कृष्ट सेवा दिने योजना बनाएको छ ।
नेपालमा ६ वर्षभन्दा बढी समयदेखि इलेक्ट्रिक स्कूटरको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । अफर माघ २१ सम्म लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्























