images
images
  • सुनको भाउमा समान्य गिरावट

    काठमाडौं – स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको भाउ तोलामा १ सयले गिरावट आएर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो बुधबार तोलाको १ लाख ६० हजार ६ सयमा किनबेच भएको थियो । मंगलबार भने १ लाख ५९ हजार २ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ भने बढेको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ ।

    आज चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार १ हजार ८ सय ५५ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images