images
images
  • गिरीबन्धु, कम्बोडियादेखि शेरादरवारसम्मका भ्रस्टाचारका प्रकरण छानविन गरौंः बर्षमान पुन

    पाल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अनियमितता भएका भनिएका सबै घटनाको छानविन गर्न सरकारसँग माग गरेका छन्।

    काँग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका हुन् ।

    माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको बुधबार उदघाटन गर्दै पुनले पछिल्लो समय सहतमा आएका प्रकरणहरूको छानबिनका लागि समिति गठनको माग गरे ।

    संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरा दरबारबारे छानबिनको माग राखेर बोल्ने बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओली मुछिएको भनिएको कम्बोडिया घटना, स्वीस बैंकमा पैसा राखेको विषय, गिरिबन्धु टी स्टेटमा नाम मुछिएकोलगायत विषयमा छानविन गर्न सरकार तयार हुनुपर्ने उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images