images
images
  • काँग्रेस महामन्त्री शर्माले भने : अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक ठाडै अस्वीकार्य

    काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयक अस्वीकार्य भएको बताएका छन्।

    सामाजिक सञ्जालमा लेख्दै उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारले प्रस्ताव गरेको विधेयक अस्वीकार्य हुने बताएका हुन् ।

    सरकारले सामाजिक मर्यादित बनाउने नाममा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार नै कुण्ठित गर्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी आलोचना भएपछि काँग्रेस महामन्त्री शर्माले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गरेका हुन्।

    धेरैले शर्माको धारणा सामाजिक सञ्जालमार्फत माग गरेका थिए। महामन्त्री शर्माले विधेयकका विषयमाथि संसद्‌मा गम्भीर छलफल गरेरमात्रै पारित गरिने बताएका छन् ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । देश ढुक्क रहोस्- दृष्टि बदलिन्न, विधेयक बदलिन्छ । सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरुरी छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ।‘

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images