images
images
  • ग्रेटवाल मोटर्सले छुट्टै लक्जरी ब्रान्ड ‘कन्फिडेन्स अटो’ ल्याउने

    काठमाडौं- चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्स(जिडब्लुएम) ले लक्जरी सेग्मेन्टमा छुट्टै ब्रान्ड लन्च गर्ने भएको छ । जिडब्लुएमले ‘कन्फिडेन्स अटो’ ब्रान्डमा प्रिमियम कार उत्पादन गर्न लागेको हो ।

    जसका लागि कम्पनीले सन् २०२२ मै ब्रान्ड दर्ता समेत गरिसकेको थियो ।जीडब्लुएमले ल्याउने सो नयाँ लक्जरी ब्रान्डले मुलतः बीवाईडी याङवाङसंग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

    सो नयाँ ब्रान्डले उत्पादन गर्ने कारको शुरुवाती मुल्य नै १ लाख ४० हजार डलर हाराहारी पर्ने अनुमान गरिएको छ ।

    कन्फिडेन्स अटो नाममा कम्पनीले हाईब्रिड र इलेक्ट्रिक दुबै मोडल उत्पादन गर्ने योजना बनाएको छ ।

    जसअनुसार पहिलो मोडल यसै वर्षको मे महिनातिर लन्च हुने आँकलन गरिएको छ । यस नयाँ ब्रान्डमा जीडब्लुएमले सुपर कार र सेडान भर्सन लन्च गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images