images
images
  • आन्दोलनमा उत्रिए आवासीय चिकित्सक

    काठमाडौँ – पारिश्रमिकको विषयलाई लिएर आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् ।

    निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई दिने निर्वाह भत्ताबारे पछिल्लो पटक भएको निर्णयको विरोधमा चिकित्सकहरू सडक आन्दोलनमा उत्रिएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबिच उनीहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा तीन बुँदे निर्णय गरेका थिए । त्यसको विरोधमा आवासीय चिकित्सकहरूले हिजोदेखि आन्दोलन थालेका हुन् ।

    आफूहरू चरम श्रम शोषण गर्ने खालको निर्णय गरिएको भन्दै निर्णायक आन्दोलनमा होमिएको उनीहरूको भनाइ छ ।

    निजी मेडिकल कलेजमा पनि सरकारीसरह ४८ हजारको सुनिश्चिता नभएसम्म आन्दोलन जारी रहने स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अध्यक्ष डा.शेषराज घिमिरेले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images