images
images
  • अमेरिका पठाउने भन्दै एक करोड ठग्ने व्यक्ति पक्राउ

    अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोड रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ घर भई हाल काठमाडौंको जिल्ला टोखा नगरपालिका- ६ बस्ने २५ वर्षीय भुवन कार्की रहेका छन् । उनले अमेरिका पठाउने भन्दै तीन जना व्यक्तिबाट एक करोड असुल गरेको प्रहरीले जनाएको छ ।

    तर, पीडितहरूलाई लामो समयसम्म झुक्यानमा राखि अमेरिका नपठाई सम्पर्कविहीन भएपछि प्रहरीमा जाहेरी परेको थियो ।

    पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

    पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको एसपी आचार्यले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images