images
images
  • डीएभी उपत्यकाव्यापी फुटसल प्रतियोगिता १६ माघमा

    काठमाडौं – ललितपुरको जावलाखेलमा रहेको डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौं फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    १६ माघमा आयोजना हुने प्रतियोगितामा सुरुमा दर्ता हुने काठमाडौं उपत्यकाभित्रका ४० वटा टिमलाई सहभागी गराइने कलेजले जनाएको छ ।

    प्रतियोगितामा विजेता हुने टिमले ३ लाख रुपैयाँ नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमले २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउने कलेजका प्रिन्सिपल सुमन बस्नेतले जानकारी दिए ।

    साथै प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही१५ हजार रुपैयाँ नगद प्रदान गरिने उनले बताए ।

    प्रतियोगितामा सुरुमा दर्ता हुने काठमाडौं उपत्यकाभित्रका ४० वटा टिमलाई सहभागी गराइने कलेजले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images