images
images
  • साँफेबगरको एमाले वडा कमिटी नै भीम रावलको अभियानमा

    काठमाडौँ- भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा एमालेका कार्यकर्ता जोडिन अछामका नेताले एमाले छाडेका छन्।

    अछाममा एमाले साँफेबगर १० को वडा कमिटी नै रावलको अभियानमा लागेको छ। उनीहरु शुक्रबार भएको मातृभूमि जागरण अभियान नेपालको कार्यकर्ता भेलामा सहभागी हुँदै पूरै कमिटी अभियानमा समाहित भएका छन्। वडामा २५ सदस्यीय ‘मातृभूमि जागरण अभियान’ तदर्थ समिति गठन भएको छ ।

    पुस १० गते एमालेले रावललाई कारबाही गर्दै साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेपछि उनले मातृभूमि जागरण अभियान खोलेर संठगन विस्तार गरिरहेका छन् । यस अघि सुदूरपश्चिमका हजारभन्दा बढी एमालेका नेता कार्यकर्ता अभियानमा जोडिएका थिए ।

    2 17 c63210cc 70dc 4921 8a7b b33895009d89

    प्रतिक्रिया दिनुहोस्

    images
    images