काठमाडौं – चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले ६ महिनाको अवधिमा सो बीमा शुल्क आर्जन गरेका हुन्।
यस अवधिमा नेपाल लाइफले सबैभन्दा बढी रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीले २२ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, नेशनल लाइफले नौ अर्ब ६० करोड रुपैयाँ, एलआइसी नेपालले नौ अर्ब ४६ करोड रुपैयाँ, हिमालयन लाइफले आठ अर्ब ३३ करोड रुपैयाँ र सूर्यज्योति लाइफले पाँच अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
पुस महिनाको जीवन बिमकको व्यापार
चालु आर्थिक वर्षको पुस महिनामा मात्रै जीवन बिमा कम्पनीहरुले १४ अर्ब ९२ करोड २० लाख बराबरको व्यापार गरेका छन्।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा १४ वटा जीवन बिमा कम्पनीहरुले १ खर्ब ४८ अर्ब २१ करोड रुपैयाँ बीमांक बराबरको ४ लाख ३३ हजार २३१ वटा बिमा लेख बिक्री गरेका छन् ।
जीवन बिमा कम्पनीहरुले पुस महिनामा ११ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबरको नवीकरण बिमा शुल्क आर्जन गरेका छन् ।
पुस महिनामा सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सले ३ अर्ब ६९ करोड २९ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ।
दोस्रोमा रहेको लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले १ अर्ब ७९ करोड ६४ लाख, तेस्रोमा नेसनल लाइफले १ अर्ब ६२ करोड १२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्