images
images
  • प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट र कार्यक्रम रद्द !

    काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीकाे चिसोको कारण स्वास्थ्यमा समस्या देखिएकाे छ।

    जसले गर्दा बुधबारका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।‘उहाँको घाँटीमा समस्या आएकाले आराम गरिरहनुभएको छ’, स्रोतले भन्यो, ‘सम्भवतः आजका कुनै कार्यक्रममा सहभागी हुनुहुन्न।’

    प्रधानमन्त्री ओलीको सचिवालयले भने स्वास्थ्यमा सामान्य समस्या देखिएपछि ओली हल्चोक नगएको बताएको छ । ‘चिसोको कारण प्रधानमन्त्रीज्यूको स्वर भासिएको छ, बोल्न पनि अफ्ठ्यारो हुने हुँदा उहाँ बालुवाटारमै आराम गरिरहनु भएको छ’, सचिवालय स्रोतले भन्यो ।

    एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए। राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images