images
images
  • इप्सविचको पोष्टमा सिटीको आधा दर्जन गोल

    काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिगमा इप्सविच टाउनलाई ६–० गोल अन्तरले पराजित गरेको छ।

    यस जितसँगै सिटीले अंक तालिकामा चार स्थान सुधार गर्दै चौथो स्थानमा पुगेको छ। सिटीको जितमा फिल फोडेनले २ गोल गरे। २७ औं मिनेटमा फोडेनको गोल मार्फत सिटीले सुरूआती अग्रता बनाएको थियो।

    फोडेनले कप्तान केभिन डे ब्रुयनको पासमा गोल गरेका हुन्। त्यसको ३ मिनेटपछि माटेओ कोभासिकले दोस्रो खेल थपे। यस पटक पनि डे ब्रुयनले नै पास उपलब्ध गराएका थिए।

    यससँगै इप्सविचको घरेलु मैदान पोर्टम्यान रोडमा सिटीले पहिलो हाफमा २–० को अग्रता बनायो। ब्रेकपछि आगन्तुक टोली थप आक्रामक बन्यो। ४९ औं मिनेटमा ज्याक क्लार्कको स्लोपी पासलाई जेरेमी डोकुले गोलमा परिणत गरे। १० वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका एर्लिङ हालान्डले ५७ औं मिनेटमा गोल गर्दै सिटीलाई ५–० ले अघि बढाए।

    ६९ औं मिनेटमा जेम्स म्याकेटीले गोल गरेपछि सिटीले ६–० को सहज जित हात पार्यो।

    बिहीबार युएफा च्यम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी० विरुद्धको जित्नै पर्ने खेलअघि पेप ग्वार्डियोलाको टोलीले राम्रो लय समातेको छ।

    यस जितपछि सिटी आठौं स्थानबाट माथि उक्लिदै चौथो स्थानमा पुगेको छ । सिटीले २२ खेलमा ११ जित सहित ३८ अंक जोडेको छ। रेलिगेसन जोनमा रहेको इप्सविच २२ खेलमा १६ अंक रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images