images
images
  • मैले पार्टी चलाउन नसकेर एकताको प्रस्ताव गरेको होइनः कमल थापा

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले पार्टी चलाउन नसकेर एकताको प्रस्ताव नगरेको टिप्पणी गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत थापाले यस्तो टिप्पणी गरेका हुन् ।

    थापाले अहिले राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्नका लागि सर्वाधिक अनुकूल परिस्थिति रहेको पनि उल्लेख गरेका छन् । सोही कारण सबै ‘राष्ट्रवादी शक्ति’ मिलेर अन्तिम धक्का दिउँ भनेर यो प्रस्ताव गरेको उनो भनाइ छ ।

    ‘मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होइन । हालका भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिउँ भनेर हो । यो समय फेरि नआउन सक्छ,’ उनले ट्विटरमा लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images