images
images
  • गार्डियन माइक्रो लाइफको आईपीओ आज बाँडफाँड हुँदै

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आज माघ ६ गते आइतबार बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले अनुसार आज आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको बताएको हो ।

    कम्पनीको आइपीओमा २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैंया बराबरको आवेदन परेको छ ।सो आईपीओमा १९ लाख ६ हजार ७४८ जना आवेदकहरुले २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन आवेदन मागभन्दा १३.६५ गुणा बढी हो ।

    यसकारण आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । सो आईपीओमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् भने बाँकी १७ लाख २२ हजार बढीको हात खाली हुनेछ ।

    इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images