images
images
  • भीम रावलसँग देखिएका कर्ण थापाले भने : म एमालेमै छु

    काठमाडौँ- नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले आफूले एमाले नछाडेको बताएका छन्। एमालेबाट निष्कासित भएका डा भीम रावलको पार्टीमा प्रवेश गर्न लागिएको हल्ला निराधार भएको बताएका छन्।

    शुक्रबार रावलसँगै श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर धनगढी आवरण गरेका थापाले एमाले छोड्न लागेको हल्ला निराधार भएको बताएका हुन्।

    एमालेबाट कारवाहीमा परेका एमाले पूर्व उपाध्यक्ष भीम रावलसँगै सँगै एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा पनि धनगढी पुगेका थिए। आज धनगढी पुगेका रावल र थापा श्रीएयर लाइन्सको जहाजको एउटै ‘रो’ को सिटमा बसेर धनगढी आवरण गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images