काठमाडौँ । कोरोना महामारीका कारण डेढ महिनाभन्दा लामो समयदेखि निषेधाज्ञामा रहेको काठमाडौँ उपत्यकामा असार ८ देखि निजी सवारी साधन सञ्चालन गर्न दिने तयारी भएको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले जोरबिजोर आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिनेबारे छलफल भइरहेको देशसञ्चारसँग बताए।
यसबारे छलफल गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार अपराह्न बस्दै छ। ‘केही सहज बनाउने भन्ने कुरा भाको छ। आज साँझ ५ बजे हाम्रो संयुक्त बैठक बस्दै छ’, निरौलाले भने।
पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबार सकिँदै छ। कोरोना भाइरस महामारीको नियन्त्रण तथा रोकथामका लागि उपत्यकामा बैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा भइरहेको छ।
सरकारले पछिल्लो एक सातादेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएको छ।
प्रतिक्रिया दिनुहोस्























