images
images
  • कांग्रेस नेता डा कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता

    काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोेइराला र बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीबीच भेटवार्ता भएको छ ।

    बेलायतको भ्रमणमा रहनुभएका डा कोइरालाले आज बिहान बेलायतको संसद् भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री क्लेभर्लीसँग भेटवार्ता गरेको डा कोइरालाको निजी सचिवालयले जनाएको छ ।

    कोइराला र क्लेभर्लीबीच भएको भेटमा नेपाल–बेलायतसम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा डा कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images