images
images
  • कोपा डेल रे : बार्सिलोनाको शानदार जित

    स्पेनिस कोपा डेल रे मा बार्सिलोनाले विशाल जित निकालेको छ ।

    ग्रुप-१६ को बुधबार भएको खेलमा बार्सिलोनाले रियल बोटिसलाई ५-१ले पराजित गरेको छ ।

    बार्सिलोनाको लागि गाभी, कुन्डे, राफिन्हा,टोरेस र राफिन्हाले गोल गर्दा बोटिसको लागि एक मात्र गोल रोक्युले गरे ।

    खेलको तेस्रो मिनेटबाटै बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो गोल गाभिले गरेका थिए । त्यसयता बार्साले २७ मिनेट, ५८ मिनेट, ६७ मिनेट र ७५ औं मिनेटमा गोल गरे ।

    कोपा डेल रेमा गएराति भएकै खेलमा एट्लेटिको मेड्रीडले इल्चेलाई ४-० ले पराजित गर्दा लेगेन्सले एल्मेरियालाई ३-२ ले पराजित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images