images
images
  • नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको पद जोगियो, सर्वोच्चले खारेज गर्‍यो रिट

    काठमाडौं – कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको पद जोगिएको छ ।

    योग्यता विवादसम्बन्धी रिट सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको पद जोगिएको हो ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले उनीविरुद्धको रिट खारेज गरिदिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री समेत भैसकेका चौधरी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै अधिवक्ता बसन्त जोशी उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राखेका थिए । तर अदालतले रिटनै खारेज गरिदिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images