images
images
  • राखेप उपाध्यक्ष आचार्यको पदबहाली

    काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले आज पदबहाली गरेका छन् । उनलाई युवा तथा खेलकुद मन्त्रालयले आजै मनोनयन पत्र हस्तान्तरण गरेको थियो ।

    युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथसमेत गराउनुभएको थियो । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई आजै राखेपमा स्वागत गरे।

    यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिका–७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुन् ।

    यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त रहेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images