काठमाडौं – चितवनको भरतपुर महानगरपालिका-१२ स्थित आईएसएमटी कलेजले ‘आईएसएमटी म्युजिक फेस्ट २०२५’ आयोजना गर्ने भएको छ ।
१ माघमा आयोजना हुने फेस्टमा कलेजका विद्यार्थीले आ-आफ्नो कला, गायन, नृत्य प्रस्तुति गर्ने कलेजले जनाएको छ ।
पढाइका साथै मनोरञ्जन गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कलेजको भनाइ छ ।
कार्यक्रममा चर्चित ब्यान्ड द इलिमेन्ट्सको पनि प्रस्तुति रहने जनाइएको छ ।
आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ स्टुडेन्टकै सम्बन्धनमा कलेज सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















