images
images
  • नेताको कार्यविभाजन टुंग्याउन माओवादीले बोलायो पदाधिकारी बैठक, पासाङले के पाउलान् ?

    काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबार बस्ने भएको छ। नेताहरूको जिम्मेवारी टुंग्याउन पदाधिकारी बैठक बोलाइएको हो। यसअघि सोमबार बस्ने भनिएको बैठक बधुबारसम्मलाई सारिएको हो।

    माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं पूर्ण बैठक(पुस २१-२३ गते) ले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो। त्यसै अनुसार बुधबार बिहान ८ बजे खुमलटारमा बस्ने पदाधिकारी बैठकले कार्यविभाजनमा अन्तिम निर्णय लिनेछ। पदाधिकारी टुंगोमा पुगेपछि नेताहरूको कार्यविभाजन तोकेर अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्ने माओवादीको तयारी छ।

    यसबाट पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी पनि तय हुनेछ। पुन माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पनि सहभागी भएका थिए। उनी उपाध्यक्षको लहरमा बसेका थिए।माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपानीमा अरू नेताहरूको कार्यविभाजन हुँदा पुनको पनि जिम्मेवारी टुंग्याइने बताएका थिए।

    प्रतिक्रिया दिनुहोस्

    images
    images