images
images
  • नबिल बैंकको विपद्‌मा अग्रसरता: सुख-दुःखमा सारथि !

    काठमाडौं-२०८० कात्तिक १७ गते जाजरकोटको नलगाड नगरपालिका १ अनालपानीकी काजल चमार एक वर्षीय छोरासँगै सुतिरहेकी थिइन् । त्यसैबेला भूकम्प गयो । भूकम्पको धक्का महसुस भए लगत्तै उनी छोरालाई बोकेर बाहिर निस्किन् । भूकम्पको धक्काले छिमेकीहरूको पनि निन्द्रा उडाइसकेको रहेछ । उनले सबैलाई ​बाहिरै भेटिन् ।​​भूकम्पले काजलको घर पूर्णरूपमा जीर्ण बन्यो । करिब तीन महिनासम्म त्रिपालमा बसेकी उनले अस्थायी आवास समेत पाइनन् । पुस माघको कठ्याङ्ग्रिँदो चिसोमा उनलाई आफ्नोभन्दा पनि काखे बालकलाई केही होला कि भन्ने डरले पिरोल्यो ।​ त्यति बेलाको सारथि बन्यो नबिल बैंक ।​​​​​​

    जसोतसो त्रिपालको जोहो गरेर चिसो कटाउने मनस्थितिमा रहेकी काजललाई नबिल बैंकले अस्थायी आवास बनाइदिएपछि उनी खुशी छिन् ।‘घर थिएन, त्रिपालभित्र रात कटाउनु परेको थियो । कतैबाट केही नहोला जस्तो लागेको थियो’, उनले भनिन्, ‘नबिल बैंकबाट टहरा बनाइदिने थाहा पाएँ । बाटो नै नभएको ठाउँमा बैंकले सहयोग गरेर बस्नका लागि टहरो बनाइदियो । निकै ठूलो राहत भएको छ । त्यही घर बनाउन सक्ने अवस्था छैन । यही नै घर भइसकेको छ ।’​​​​​

    नलगाड नगरपालिका १ का तुले कामीको परिवारमा ७ जना छन् । परिवारको लालनपालनसँगै उनले सानो टहरो बनाएका थिए । तर उक्त टहरो पनि सोही भूकम्पले तहसनहस बनाइदियो ।​​​त्रिपालभित्र बसिरहेको उनको परिवारका लागि नबिलले अस्थायी आवास बनाउन सामग्री प्रदान गर्‍यो । निर्माण सामग्री पाएलगत्तै उनले १५ दिनमा अस्थायी आवास बनाए । अहिले उनी परिवारसहित अस्थायी आवासमा नै छन् ।

    ‘आकाशमुनि सुतिरहेका थियौं । बस्ने टुङ्गो नहुँदा नबिल बैंकले सहयोग गरेर टहरो बनाउन सघायो’, उनले भने, ‘अहिले हाम्रो परिवार त्यही टहरोमा छ । हाम्रा लागि त्यही टहरो नै घरभन्दा ठूलो भएको छ ।’

    kajal home. nbankरुकुम पश्चिम चौरजहारी नगरपालिका १ का टीकाराम गिरी पनि करिब तीन महिनासम्म त्रिपालमै बस्न बाध्य थिए । भूकम्प गएको तीन महिनापछि उनलाई नबिल बैंकले अस्थायी आवास बनाउनका लागि सामग्री प्रदान गर्‍यो । जसले गर्दा उनले बस्नका लागि अस्थायी घर पाए । जसमा उनी अहिलेसम्म बसिरहेका छन् । भूकम्पबाट जीर्ण भएको गिरीको घर पुनस् निर्माण हुन सकेको छैन ।

    माथि उल्लेखित पात्रहरू जाजरकोट केन्द्रविन्दु भई गत वर्ष गएको भूकम्पबाट प्रभावित स्थानीयहरू हुन् । हजारौं स्थानीयहरूको घरबार नै भूकम्पले उजाडिदियो । प्राकृतिक विपदबाट प्रभावित भएका स्थानीयहरूका लागि नबिल बैंकले अभियान सुरु गर्‍यो । अभियानबाट बैंकले जाजरकोट र रुकुम पश्चिममा ९६ वटा अस्थायी आवास बनाइदिएको छ ।​

    बैंकका अनुसार स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा १ मा ४७ वटा अस्थायी आवास बनाइदिएको छ । त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा १ मा ४९ अस्थायी आवास निर्माण गरिदिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल बैंकले स्थायीहरूलाई ठुलो सहयोग पुर्‍याएको छ ।

    बैंकले स्थानीयहरूलाई जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किला काँटी लगायत निर्माण सामग्री सहयोग गरेको थियो । बैंकले प्रभावित स्थानीयहरूका सरकारले गर्न नसकेको सहयोग गरिदिएको चौरजहारी नगरपालिकाको वडा १ का वडा अध्यक्ष इन्द्रबहादुर गिरी बताउँछन् ।

    सरकारले एक वर्षभन्दा बढी समय हुँदासम्म पनि कुनै पुन निर्माणका लागि सहयोग नगरेको गुनासो गरेका छन् । ‘निजी क्षेत्रले यहाँका स्थानीयहरूलाई धेरै सहयोग गर्नुभएको छ । नबिल बैंकले अस्थायी आवास निर्माण गरिदिएर ठूलो सहयोग गरेको छ । त्यसका लागि आभारी छौं,’ उनले भने ।

    नबिल बैंकले दीर्घकालीन सोचसहित भूकम्प पीडितहरूका लागि अस्थायी आवास बनाउने काम गरेको बैंकका वरिष्ठ नायब प्रमुख अधिकृत मनोज ज्ञवालीले बताए । सर्वसाधारणहरूको सुखमा मात्रै नभएर दुःखमा पनि नबिल बैंक साथमा रहेको उनको भनाइ छ ।

    भिन्न सोचले स्थानीयहरूलाई आवास

    nnnbbभूकम्प गएपछि स्थानीयहरूलाई विभिन्न संघ संस्थाहरूले खाद्यान्न तथा लुगा कपडाको सहयोग गरिरहेका थिए । नबिल बैंकको टोलीले पनि शुरूमा अत्यावश्यक खाद्यान्नका सामग्रीहरू प्रदान गर्‍यो । तर त्यहाँका स्थानीयहरूलाई खानेभन्दा पनि वासस्थानको आवश्यकता खड्किएको थियो ।

    नबिल बैंकको टोलीले पनि स्थायीहरूलाई चिसोबाट कसरी बचाउन सकिन्छ भन्ने छलफल गर्‍यो । अन्त्यमा बैंकले अस्थायी आवास निर्माण गर्ने अभियान नै शुरू गर्‍यो ।अस्थायी आवास बनाउने अभियान बाटो नै नपुगेको ठाउँसम्म पुर्‍याउनु चुनौतीको विषय रहेको बैंकले जनाएको छ ।

    ‘कतिपय स्थानहरूमा बोकेरै सामग्रीहरू पुर्‍याइयो । कतिपय स्थानमा स्थानीयहरूको सहयोगबाट सामग्रीहरू पुर्‍याउने काम गरियो । करिब ४ महिनामा बैंकले अस्थायी अभियान सम्पन्न भयो,’ अधिकृत ज्ञवालीले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images