images
images
  • नागपोखरीमा खुल्यो डोङफेङ नामीको अत्याधुनिक नयाँ शोरुम: मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

    काठमाडौं-एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले काठमाडौंको नक्सालस्थित नागपोखरीमा अत्याधुनिक नयाँ शोरुम स्थापना गरेको छ ।नयाँ शोरुम उद्घाटनसँगै नामीले सीमित समयका लागि अफरसहित मेगा टेस्ट ड्राइभ क्याम्प सञ्चालन गर्ने घोषणा समेत गरेको छ ।

    नयाँ शोरूममा ११ देखि १६ जनवरीसम्म आयोजना हुने मेगा टेस्ट ड्राइभ क्याम्पमा सम्भावित ग्राहकलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार ग्राहकले ‘नाउ अर नेभर’ मेगा अफरबाट ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट पाउने छन् । यसबाहेक गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा नि:शुल्क नाइट स्टे गर्न पाउनेछन् । साथै ग्राहकले पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्नेछन्।

    dongfeng nami showroomसुरुवातको एक महिना भित्रै नामीले ४०० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको कम्पनीको भनाइ छ । यसले नेपाली बजारमा नामीको बलियो माग रहेको देखाउने कम्पनीले जनाएको छ ।

    नयाँ शोरुम उद्घाटन कार्यक्रममा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायत सहभागी थिए ।

    एमएडब्ल्यू वृद्धिका अध्यक्ष अग्रवालले नेपालमा अत्याधुनिक शोरूम खोल्न पाउँदा खुसी लागेको भन्दै यसले बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा विश्वस्त रहेको बताए ।

    22222

    एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल भन्छन्,“नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा हामी रोमाञ्चित छौं यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं।
    मेगा टेस्ट ड्राइभ क्याम्पसँगै ग्राहकहरुले के के फाइदा लिन सक्छन् ?

    मेगा टेस्ट ड्राइभ क्याम्पः नामीको प्रत्यक्ष अनुभव गरौँ,नक्सालको नागपोखरीमा रहेको नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ।यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ।

    ग्राहकहरूले “नाउ अर नेभर” मेगा अफरहरूबाट फाइदा लिन सक्छन् जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ। यसबाहेक, ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निःशुल्क नाइट स्टे गर्न पाउनेछन्। ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images