काठमाडाैं-सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ९.६७ बिन्दुमा पुगेको हो । गत बिहीबार नेप्से १८ अंकले घटेको थियो ।
उक्त दिन कारोबारमा आएकामध्ये ४४ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १९३ वटाको घट्यो भने बाँकी ६ वटा कम्पनीको स्थिर रहयो ।४६ हजार ६ सय १४ पटकको कारोबारमा ८० लाख २१ हजार ६ सय ३१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बिहीबार ७ अर्ब ३० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।आइतबार कारोबारमा आएकामध्ये १३ उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।
आइतबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार ७ अर्ब नाघेको कारोबार रकम आइतबार भने ४ अर्बभन्दा तल झरेको छ ।
बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जा असुली समस्या बढ्दै जाँदा दोस्रो त्रैमासमा खराब वित्तीय विवरण आउने शंकाबीच लगानीकर्तामा केही त्रास बढेको छ । जसले गर्दा आइतबार बजार परिसूचकमा उच्च गिरावट देखिएको छ ।
आइतबार नेप्सेमा ४६ हजार ६ सय १४ कारोबारमा ८० लाख २१ हजार ६ सय ६१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाखको कारोबार भएको छ । गत बिहीबार ६ दिनपछि घटेको नेप्से आइतबार लगातार दोस्रो दिन पनि घटेको हो ।
आइतबार वित्त कम्पनी उपसूचकमा सर्वाधिक गिरावट भएको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक ३.६० प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १.६० प्रतिशतले गिरावट भएको छ । त्यस्तै हाइड्रोपावर उपसूचक १.४४ प्रतिशत र उत्पादनमूलक उपसूचक १.३६ प्रतिशतले गिरावट भएको छ । आइतबार सबै उपसूचकमा गिरावट भएको हो ।
बजार परिसूचकसँगै कारोबार रकम घटेकोमा आइतबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको सेयर सर्वाधिक २० करोड ४२ लाखको किनबेच भएको छ । त्यस्तै सिन्धु विकास बैंकको १८ करोड ८० लाख र सिंगटी हाइड्रो इनर्जीको सेयर १६ करोड ५० लाखको किनबेच भएको छ ।
आइतबार नेप्सेमा कुल २ सय ४३ कम्पनीको सेयर किनबेच भएकोमा १ सय ९४ सूचीकृत कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।त्यस्तै ४३ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको स्थिर छ । आइतबार कारोबार भएकामध्ये विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ४.८७ प्रतिशतले बढेको छ ।
यता, ङ्याग्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले गिरावट हुँदा सानिमा ग्रोथ फन्ड इकाइ मूल्य ७.५५ प्रतिशतले गिरावट भएको छ । यस्तै सुपरमादी हाइड्रोपावरको सेयर मूल्य ७.१० प्रतिशतले गिरावट भएको छ ।


विश्व खबर 




















