images
images
  • रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते

    काठमाडौं । सुन्तला बोकेर रोल्पाबाट दाङ जाँदै गरेको पिकअप दुर्घटनामा परेको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ ।

    रोल्पाको माडी गाउँपालिका १ भितावाङबाट सुन्तला बोकेर तुल्सीपुरतर्फ जाँदै गरेको रा१च ८६८७ नम्बरको पिकअप त्रिवेणी गाउँपालिका ४ मथुरापानी भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको हो ।

    उक्त दुर्घघटनामा परी सोही पिकअपमा सवार तीनजना गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको उद्धारपश्चात् उपचारको लागि दाङ पठाइएको प्रहरीले बताएको छ । गाडीको ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images