काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमै घूस लिएर जाने नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सापकोटामाथि १ लाख बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए।
आयोगले आज उनीविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ। उनीमाथि अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा मेसिनरी सामान खरिदमा घुस लिएको आरोप थियो।
त्यसपछि उनले अख्तियारको कञ्चनपुर कार्यालयमा खाम ल्याएर दिएका थिए। खोलेर हेर्दा एक लाख रुपैयाँ देखियो। मुद्दा मिलाइदिन पैसा ल्याएको भनेपछि उनलाई त्यहीँ पक्राउ गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्






















