images
images
  • टाटाको ‘न्यु व्हिल्स, न्यु डिल्स’ कार्यक्रम : जुनसुकै पुरानो गाडीसँग टियागो र पञ्च इभी साट्न सकिने

    काठमाडौं – नयाँ वर्ष सन् २०२५ को अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले २६ पुसदेखि २८ पुससम्म ‘न्यु व्हिल्स, न्यु डिल्स’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

    यस अवधिमा टाटाको टियागो ईभी र पन्च ईभीको हरेक बुकिङमा आकर्षक डिल्सको साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

    यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीसँग आकर्षक डिल्समा टियागो ईभी र पन्च ईभी साट्न सकिने छ ।

    आकर्षक एक्सचेन्ज बोनसको साथै उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहरुले सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् ।

    ‘न्यु व्हिल्स, न्यु डिल्स’ टाटा मोटर्सको देशभरिका शोरुमहरूमा आयोजना हुन कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images