images
images
  • इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गरिने

    काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ ।

    मन्त्रालयले सूचना जारी गर्दै निजी, सरकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थालाई इजाजत पत्र नवीकरण गराएर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

    कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित संस्था नवीकरणविना सञ्चालनमा रहेको उजुरीपछि मन्त्रालयले उक्त परिपत्र गरेको हो ।

    इजाजत नवीकरण नगरेका केही संस्थाहरु मापदण्डअनुसार सञ्चालन नभएको उजुरी मन्त्रालयले प्राप्त गरेको छ ।

    जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिइ स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था भए पनि कतिपयले इजाजतपत्र नलिएको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।

    “मन्त्रालयले अनुगमन गर्दा इजाजतपत्र नवीकरण नगरी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएमा नियमानुसार कारबाही गरिनेछ”, प्रवक्ता बुढाथोकीले भने। रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images