images
images
  • सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीका वकिलहरूको बहस सकियो

    काठमाडौँ – कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीतर्फका अधिवक्ताहरूको बहस सकिएको छ ।

    बुधबार प्रतिवादीकातर्फका अधिवक्ताहरूको बहस सकिएको कास्की जिल्ला अदालतले जनाएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूतर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएको हो ।

    अदालतका अनुसार आज बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ । त्यसपछि भोलि बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुनेछ । जवाफी बहस सकिएपछि आदेश आउने छ ।

    सम्भवत बिहीबारसम्ममा आदेश आउन सक्ने अदालत स्रोतले बताएको छ ।

    आदेश आउने समय नजिकिएसँगै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images